रास्वपाका सबै सांसद अब केन्द्रीय सदस्य

लोकपथ
147
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदमा प्रतिनिधित्व गर्ने सबै सांसद र सात वटै प्रदेशका सभापतिहरुलाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ ।

महोत्तरीको जलेश्वरमा सम्पन्न केन्द्रीय समिति तथा संसदीय समितिको संयुुक्त बैठकले सो निर्णय गरेको हो ।

यसअघि सभापति रवि लामिछाने, उपसभापति डोलप्रसाद अर्यालसहित ६ सांसद मात्रै केन्द्रीय समितिमा थिए । केन्द्रीय समिति बैठक विस्तार गरेपछि ५२ जनाको समिति बनेको छ ।

बैठकले सांसदहरू विराजभक्त श्रेष्ठ, सन्तोष परियार, डा स्वर्णिम वाग्ले, निशा डाँगी, मनिष झा, शिशिर खनाल, हरि ढकाल, डा। तोसिमा कार्की, डा। चन्दा कार्की, असीम शाह, लक्ष्मी तिवारी, अशोक कुमार चौधरी, विनीता कठायत र शिव नेपालीलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?