लागुऔषध मुद्धामा संलग्न फरार व्यक्ति ११ वर्षपछि पक्राउ

लोकपथ
91
Shares

काठमाडौं । लागुऔषध (ब्राउनसुगर) हिरोइन मुद्धामा संलग्न रही ११ वर्ष देखि फरार रहेको व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

लागुऔषध (ब्राउनसुगर) हिरोइन मुद्धामा पुनरावेदन अदालत पोखराको मिति २०६९।०३।१७ गतेको फैसलाले ५ बर्ष कैद र १०,०००।–(दश हजार) जरिवाना तोकिएको थियो ।

विशेष सूचनाको आधारमा लुकिछिपी बसेको अवस्थामा स्याङ्जा जिल्ला फेदिखोला गाउँपालिका वडा नं -२ बस्ने ३३ वर्षीय विशन गुरूङलाई जिल्ला प्रहरी कार्यलय स्याङ्जाबाट खटिएको प्रहरी अधिकृत सहितको टोलीले मंगलबार  पक्राउ गरेको हो ।

गुरूङलाई कैद भुक्तानको लागि जिल्ला कारागार स्याङजामा पठाएको प्रहरी नायव उपरीक्षक इन्द्र बाहादुर रानाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?