आईएफसीद्वारा नेपालमा एक खर्ब बढीको लगानी गर्ने घोषणा

काठमाडौं । अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)ले नेपालमा एक अर्ब अमेरिकी डलर (एक खर्ब १० अर्ब) बराबरको लगानी गर्ने भएको छ  । 

काठमाडौंको होलट सोल्टीमा जारी लगानी सम्मेलन (नेपाल इन्भेस्टमेन्ट–२०१९)लाई सम्बोधन गर्दै निगमका उपाध्यक्ष पिटर लेन्क्सले नेपालमा एक अर्ब अमेरिकी डलरको लगानी गर्ने बताएका हुन् । 

निगमका उपाध्यक्ष पिटर लेन्क्स्ले सरकार र निजी क्षेत्रलाई विभिन्न आयोजनामा सघाउने गर्ने गरी यस्तो लगानी गर्ने बताएका हुन् । 

नेपालमा लगानीका लागि आईएफसीले कुन्जुस्याइँ नगर्ने बताएका छन् । साथै त्यसका लागि निजी क्षेत्र पनि तयार हुनुपर्ने बताए ।

‘निजी क्षेत्र पनि अब आधुनिक बन्नुपर्छ, प्रतिस्पर्धामा आउनुपर्छ, आफ्नो बजारलाई बन्द गर्नु भएन, नेपालको निजी क्षेत्रले समाजिक र पर्यावरणीय मानकलाई मान्नुपर्छ, विदेशी पुँजी र विशेषज्ञतालाई पनि स्वागत गर्नुपर्छ’ उनले बताए । 

चार वर्षमा गरिने यो लगानीले नेपालको विकासमा महत्वपूर्ण भूमिका खेल्न सक्ने आईएफसीको आँकलन छ । 

सम्मेलनमा विभिन्न ४० मुलुकका उच्चस्तरीय प्रतिनिधिमण्डललगायत ६ सय बढी विदेशी लगानीकर्ताको उपस्थिति छ । सम्मेलनमा सरकारका उच्चपदस्थ अधिकारी, नेपाल स्थिति विदेशी कुटनीतिक नियोगका प्रतिनिधि, विकास साझेदार संस्था, नेपाली निजीक्षेत्र, गैरआवसीय नेपाली तथा स्वदेशी लगानीकर्ता लगायतको सहभागिता छ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?