लगातार घाटा भएको भन्दै एनसेलबाट बाहिरिँदै आजियाटा

लोकपथ
104
Shares

काठमाडौं । मलेसियाको आजियाटा बर्हार्डले सबै शेयर बेचेर एनसेलबाट बाहिरिने निर्णय गरेको छ ।

बुधबार एक विज्ञप्ति जारी गर्दै एनसेलबाट बाहिरिने उद्देश्यका साथ यसको सम्पत्ति बिक्रीमा राखेको उल्लेख गरेको छ ।

आजियाटाले बिक्री गर्ने सेयर नेपाली साझेदारहरू सतिशलाल आचार्य र सचिनलाल आचार्यले किन्ने तय भएको कम्पनीले जनाएको छ ।

एनसेलको लगातार व्यापार घाटा भएपछि आजियाटाले नेपाल छाड्न लागेको बताइएको छ ।

आजियाटाले ७ वर्षअघि स्वीडेनको टेलिया सोनेरासँग एनसेलको शेयर किनेको थियो भने त्यसबेलाको करको विवाद अहिलेसम्म कायमै छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?