के स्वर्णिम वाग्लेलाई उपसभापति बनाउँदैछ रास्वपा ?

लोकपथ
77
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी अहिले मधेश केन्द्रीत बनेको छ । केही दिनदेखि मधेश केन्द्रीत रास्वपाको महत्वपूर्ण बैठकहरु समेत मधेशमा जारी रहेको छ ।

मधेशमा रास्वपाको न्यून उपस्थिती रहेको अवस्था र विकल्प खोजिरहेका मधेशी जनताको मन बुझेको रास्वपाले त्यही मौकामा आफ्नो तयारी बढाएको हो ।

जारी केन्द्रीय कमिटी बैठकमा आज पार्टी सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दैछन् । जसमा केन्द्रीय कमिटी विस्तार समेत हुनसक्ने एक पदाधिकारीले लोकपथलाई जानकारी दिए । जसमा प्रत्यक्ष निर्वाचित संसद समेत रहेका रास्वपाका नेता डा. स्वर्णिम वाग्लेलाई उपसभापति बनाउने तयारी रहेको चर्चा चल्न थालेको छ । रास्वपाको विधान अनुसार दुई उपसभापति हुने व्यवस्था रहेको छ । त्यसमध्ये एक जना सांसद समेत रहेका डिपी अर्याललाई शुरुवातदेखि नै उपसभापतिको जिम्मेवारी दिइएको छ । भने अर्को रिक्त रहेको स्थानमा वाग्लेको नाम अनुमोदन हुनसक्ने उनले बताए ।

‘आज पार्टी सभापतिले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने एजेण्डा रहेको छ । जसमा केन्द्रीय कमिटी विस्तार गर्ने विषय समेत समेटिएको छ । उचित रुपमा साथीहरुलाई जिम्मेवारी दिने तयारी रहेको छ ।’ स्वर्णिम वाग्लेलाई उपसभापति बनाउन लाग्नुभएको हो भन्ने लोकपथको प्रश्नमा ती पदाधिकारीले भने, ‘उहाँ पनि योग्य पात्र हो, तर केन्द्रीय कमिटीले के निर्णय गर्छ त्यही अनुसार हामी अघि बढ्छौँ ।’

त्यस्तै अहिले रास्वपा सरकारमा सामेल हुन लागेको चर्चा चल्न थालेको छ । तर त्यस विषयमा कुनै छलफल नभएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?