हमासले गर्‍यो थप १२ बन्धक रिहा

लोकपथ
28
Shares

काठमाडौं। हमासले युद्धविरामको पाँचौँ दिन थप १२ जना बन्धकलाई रिहा गरेको छ ।

रिहा हुनेमा १२ जना इजरायली नागरिक र दुई जना थाई नागरिक भएको बताइएको छ । यसअघि दुई पक्षबिच ६ दिनसम्मका लागि युद्धविरामको समय थप गरिएको थियो ।

हमासले बन्धक रिहा गरेसँगै इजरायलले पनि मंगलबार ३० जना प्यालेस्टिनी कैदीहरूलाई रिहा गरेको छ । रेडक्रसको अन्तर्राष्ट्रिय समिति ९आईसीआरसी० का अनुसार १२ जना बन्धकहरू इजरायल पुगिसकेका छन् ।

गत अक्टोबर ७ मा इजरायलमा गरिएको आक्रमणमा हमासले करिब २ सय ४० जना नागरीकलाई बन्धक बनाएको थियो । हालसम्म ८१ जना बन्धक रिहा भएका छन् ।

हमासको आक्रमणमा इजरायलमा १२ सय जना मारिएका थिए भने इजरायलले गरेको हमलामा गाजामा १५ हजारभन्दा बढीको मृत्यु भइसकेको स्वास्थ्य अधिकारीहरूले जानकारी दिएका छन् ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?