काठमाडौं । राष्ट्रिय सभामा रिक्त पदका लागि आगामी माघ ११ गते निर्वाचन हुने भएको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।
आजको बैठकले आगामी फागुनमा रिक्त हुने २० राष्ट्रिय सभा सदस्य पदका लागि निर्वाचनको मिति तोकिएको हो ।
यसअघि निर्वाचन आयोग नेपालले माघ ११ का लागि निर्वाचन गर्नेगरी प्रस्ताव गरेको थियो । सोही अनुसार सरकारले आज निर्णय गरेको हो ।
आगामी फागुन २० गते राष्ट्रिय सभाका २० सदस्यको पद रिक्त हुँदैछ । पद रिक्त हुनु भन्दा एक महिना अघि नै निर्वाचन गर्नु पर्ने संवैधानिक प्रावधान अनुसार निर्वाचन हुन लागेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया