१८ फाल्गुन २०८०, शुक्रवार

सुरुङमा फसेका ४१ कामदारको सकुशद उद्धार

२०८०,मङ्सिर,१३,बुधबार १०:४९

387
Shares

काठमाडौं । भारतको उत्तरकाशीको सिल्कियारा सुरुङमा फेसका ४१ जना कामदारलाई सुरक्षितरुपमा बाहिर निकिलिएको छ । उनीहरुलाई मंगलबार भारतीय समय अनुसार राति साढे ७ बजे बाहिर निकाल्ने प्रक्रिया सुरु भएको थियो ।

१७ दिनसम्म सुरुङमा फसेका उनीहरुलाई बाहिर निकाल्न साढे २ घण्टाको समय लागेको थियो । सुरुङबाट निस्किएका सबै कामदारहरुलाई मुख्यमन्त्री पुष्कर सिंह धामीले माला लगाएर स्वागत गरेका थिए । त्यसपछि मुख्यमन्त्री धामीले लामो समय उनीहरुसँग कुराकानी गरी उनीहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिए ।

सुरुङबाट बाहिर आएका मजदुरलाई तैनाथ एम्बुलेन्समार्फत चिन्यालीसौर सामुदायिक स्वास्थ्य केन्द्रमा लगिएको थियो । उनीहरुको उपचारका लागि त्यहाँ ४१ शैयाको छुट्टै वार्ड बनाइएको छ । स्वास्थ्यकर्मीको टोलीले श्रमिकको स्वास्थ्य परीक्षण गरिरहेको छ ।

सुरुङबाहिर पर्खिरहेका मजदुरका परिवारले सबै बाहिर निस्किए पछि त्यहाँ उपस्थित सैनिक र जनतालाई मिठाई बाँडिएको थियो ।
१७ दिनसम्म चलेको उद्दार अभियानमा ड्रिल मेसिन धेरै पटक बिग्रिएका कारण उनीहरुको उद्दारमा ढिलाई भएको थियो ।

प्रकाशित मिति: २०८०,मङ्सिर,१३,बुधबार १०:४९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

मुम्बई । बलिउडका ‘मिस्टर खिलाडी’ अर्थात् अभिनेता अक्षय कुमार राजनीतिमा प्रवेश गर्ने भएका छन् । आगामी लोकसभा चुनावमा उनी भारतीय

काठमाडौं । इरानमा आज आम निर्वाचन हुँदै छ । सन् २०२० को संसदीय चुनावपछि इरानले लगातार चुनौतीहरु सामना गरिरहेकाले यो

काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्धमा परमाणु (आणविक) हतियार प्रयोग गर्ने चेतावनी दिएका छन् । रुस युक्रेन युद्ध

काठमाडौं । पाकिस्तानमा अब राष्ट्रपति चुनावको तयारी सुरु हुँदै छ । आम निर्वाचन सम्पन्न भइसकेकाले पाकिस्तानको निर्वाचन आयोगले राष्ट्रपति पदका

ताजा समाचार

प्रिन्स र प्रफुल उपाधिका लागि पुन : भिड्ने
 २०८०,फाल्गुन,१८,शुक्रवार १७:५०
बालिका र सरस्वती महिला क्रिकेटको फाइनलमा
 २०८०,फाल्गुन,१८,शुक्रवार १७:४६
‘दिमागका फोहोर हटाउने साबुन साहित्य हो’
 २०८०,फाल्गुन,१८,शुक्रवार १७:३३
सेन्सर बोर्डप्रति दिपकराज गिरीको कटाक्ष
 २०८०,फाल्गुन,१८,शुक्रवार १६:५१
भरतपुरमा पर्यटन विकासको सम्भावना प्रचुर : ओली
 २०८०,फाल्गुन,१८,शुक्रवार १६:३०