पछुवा भ्यान दुर्घटनाबारे बोले पूर्वप्रधानमन्त्री चन्द, के भने ?

काठमाडौं । पूर्वप्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दले आफ्नो सुरक्षामा खटिएको भ्यानले गराएको दुर्घटनाबारे आफूले शनिवारमात्रै जानकारी पाएको बताएका छन् । 

चैत १५ गतेका दिन नयाँ बानेश्वर स्थित ५ः४५ बजे तिर मेरो सुरक्षामा रहेको भ्यान र एउटा स्कुटर दुईवटा गाडीको बिचमा परेर आत्तिएर भ्यानको पछिल्लो भागमा ठोक्किँदै लडेको र लगत्तै उठी हिँडेको मलाई आज १६ गते सुरक्षा कर्मीले जानकारी गरायो’, चन्दले भनेका छन्, ‘ यसमा म अनविज्ञ थिए तर विभिन्न फेसबुक रमिडियाहरुमा मेरो बारेमा विभिन्न नराम्रा कमेन्ट देख्दा म दुःखित छु ।’

उनले घटनाबारे आफू अनविज्ञ रहँदा पनि सामाजिक सञ्जालमा फूप्रति लक्षित गरेर नराम्रा कमेन्ट गरिएको भन्दै दुःख व्यक्त गरेका छन् । 

उनले स्कुटरमा सवार व्यक्तिलाई कुनै किसिमको चोटपटक लागेको भएमा आफू भेट्न जाने समेत बताएका छन् । 

शुक्रबार साँझ सशस्त्र प्रहरी बलको लापरवाहीपूर्वक चलाइएको बा १ झ ९५२७ को पछुवा गाडीले एक स्कुरटरलाई ठक्कर दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?