एभरेष्ट बैंकद्वारा बित्तीय साक्षरता अन्तर्गत पाँच वटा चेतनामुलक भिडियो सार्वजनिक

लोकपथ
91
Shares

काठमाडौं । एभरेष्ट बैंकले बित्तीय साक्षरता अन्तर्गत पाँच वटा चेतनामुलक भिडियो सार्वजनिक गरेको छ ।

आम जनमानसमा डिजिटल बैंकिङ्गप्रति जागरुक तथा सजग बनाउने उद्देश्यका साथ निर्माण भएका उक्त भिडियोहरुको ५ श्रृंखला रहेको र क्रमवद्ध रुपमा जारी गरिने बैंकका बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्प राज उप्रेतीले जानकारी दिए ।

उक्त भिडियोहरुमा मोबाइल बैंकिङ्गको प्रयोग, धारा–बत्ती तथा स्कूलकोबिल भुक्तानी तरिका, डिजिटल ठगीबाट बच्ने उपाय, सरकारी राजश्व भुक्तानी तरिका र क्यू आर कोडको प्रयोग सम्बन्धी विधि रहेको र उक्त भिडियोहरुबाट सम्पूर्ण ग्राहक तथा सरोकारवालाहरुमा वित्तीय चेतना अभिवृद्दि हुनेविश्वास बैंकले लिएको छ ।

साथै, बैंकले नेशनल बैंकिङ्ग इन्स्टिच्युटसंगको सहकार्यमा सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रमको सुरुवात भएको जानकारी समेत गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?