काठमाडौं । जुवातास खेल्दै गरेको अवस्थामा रिसोर्ट सञ्चालकसहित १६ जना पक्राउ परेका छन् ।
पोखरा महागनरपालिका-२१ निर्मलपोखरी मैदानस्थित ईलाईट रिसोर्टमा जुवातास खेलिरहेको अवस्थामा रिसोर्टका संचालकसहित १६ जनालाई गएराति प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यलय कास्कीबाट खटिएको प्रहरीले रिसोर्टका सञ्चालक पोखरा महानगरपालिका-३३ घर भएका ३८ वर्षीय सन्तोष गुरूङसहित १६ जनालाई पक्राउ गरेको हो ।
उनीहरूको साथबाट नगद ५ लाख ५ हजार ६५ रूपैयाँ र १६ थान कौडा बरामद भएको छ । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया