काठमाडौं । बझाङबाट ९१ केजी ५१५ ग्राम अवैध लागुऔषध गाँजासहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।
खप्तडछान्ना गाउँपालिका–७ गोर्खाली बस्ने ६४ वर्षीय खडक खड्काको घरबाट अवैध लागुऔषध गाँजा ९१ केजी ५ सय १५ ग्रामसहित खड्का समेत ३ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्ने अन्य २ जनामा गोरखा अजिरकोट गाउँपालिका–२ बस्ने ३८ वर्षीय सन्तोस गुरूङ र पर्सा सुकौली पटौली गाउँपालिका–९ लक्ष्मीपुर बस्ने ५५ वर्षीय राम बहादुर गुरूङ रहेका छन् ।
जिल्ला प्रहरी कार्यलय बझाङबाट खटिएको प्रहरीले घर तलासी गर्दा उक्त परिमाणको गाँजा, प्लाष्टिकको बाटा ५ थान, डिजिटल तराजु १ थान, कैँची २ थान, ब्लेड १ थान, कार्टुन टेप ३ थान, ब्रस १ थान, रबर पोका १ थान लगायतका सरसामानहरूसहित उनीहरूलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया