काठमाडौं । गौशालाको विरोध कार्यक्रममा घरबाट निस्किएका राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई प्रहरीले पेप्सीकोलाबाटै फर्काइदिएको छ ।
गौशालामा धर्म गुरु परिवार नेपाल आयोजनामा सोमबारबाट शुरु भएको विरोध कार्यक्रममा सहभागि हुन घरबाट निस्किएका प्रसाईंलाई प्रहरीले अवरोध गरेको हो ।
हिजो सोमबार पनि प्रसाईं गौशाला आइपुगेपछि अवस्था असामान्य भएको थियो । जसकारण केहीबेर प्रहरी र प्रदर्शनकारीबीच मुठभेडसमेत भएको थियो ।
त्यसैलाई मध्यनजर गर्दै प्रहरीले प्रसाईंमाथि कडा निगरानी गरिरहेको छ ।
यता महाअभियानको कार्यकारिणी सदस्य इशा खड्का भने प्रसाईं औषधि उपचारका लागि अस्पताल जान लाग्दा प्रहरीले अवरोध गरेको आरोप लगाएकी छन् । ‘उहाँ घाँटीमा सामान्य घाउ भएकाले जाँच गर्न अस्पताल जाँदै हुनुहुन्थ्यो,’ उनले भनिन्, ‘तर, प्रहरीले आन्दोलनमा जान लागेको भन्दै मनोहरा खोलाबाट अघि बढ्नै दिएन त्यसपछि फर्किनुभयो ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया