काठमाडौं । शुक्रवारदेखि काठमाडौंको होटल सोल्टीमा शुरु भएको लगानी सम्मेलन (नेपाल इन्भेस्टमेन्ट –२०१९)को दोस्रो दिन आज (शनिवार) विभिन्न ५ सत्रमा ६ विषय वस्तुमाथि छलफल शुरु भएको छ ।
बिहान ९ बजेबाट शुरु भएको पहिलो सत्रमा पूर्वाधार र कृषि तथा वनको विषयमा सहभागीहरुबीच छलफल भएको लगानी बोर्डले जनाएको छ ।
त्यस्तै, ११ बजेबाट शुरु हुने दोस्रो सत्रमा नेपालमा लगानी गरेका लगानीकर्ताको अनुभव आदानप्रदानको कार्यक्रम तय भएको छ भने दिउँसो १ः३० बजेदेखि शुरु हुने तेस्रो सत्रमा अन्तर्राष्ट्रिय लगानीकर्ताको अनुभव आदानप्रदानको कार्यक्रम तय भएको आयोजकले जनाएको छ ।
यसैगरी अपरान्ह ३ बजेदेखि चौंथो त्रस शुरु हुने छ । चौंथो सत्रमा पूर्वाधार विकासका लागि लगानी शीर्षकमा सहभागीहरुबीच छलफल हुनेछ ।
सम्मेलनको अन्तिम पाँचौ सत्रमा भने सम्मेलनका क्रममा भएका छलफलको निष्कर्ष प्रस्तुत हुने लगानी बोर्डले जनाएको छ । दोस्रो
दिनको विभिन्न सत्रमा आज २४ जना वत्ताले धारणा राख्नेछन् ।
व्यवसायमा महिला र युवाको सहभागीताका विषयमा आज १३ जनाले धारणा राख्नेछन् ।
यसैगरी औद्योगिक आधार स्थापना र रोजगारी सिर्जनाका विषयमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवसहित ६ जनाले आ–आफ्नो मन्तव्य राख्ने कार्यक्रम तय भएको छ ।
सम्मेलनमा ३९ देशका ७ सय ३५ प्रतिनिधि सहभागी भएको लगानी बोर्डले जनाएको छ ।
यसैबीच आज विभिन्न १२ वटा परियोजनाका सम्झौतामा हस्ताक्षर हुने र लगानी सम्मेलन (नेपाल इन्भेस्टमेन्ट –२०१९)को समापन हुने बोर्डले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया