१८ फाल्गुन २०८०, शुक्रवार

केही दिन रोकिएर फेरि सञ्चालनमा आयो टिकटकजस्तै नेपाली एप ‘रमाइलो’, यसरी गर्नुहोस् प्रयोग

२०८०,मङ्सिर,१२,मंगलवार १२:१०

72
Shares

काठमाडौं । नेपाली युवाहरूको लगानी तथा सक्रियतामा छोटो भिडियोहरूका लागि सार्वजनिक भइ केही दिन रोकिएको मोबाइल एप ’रमाइलो’ पुनः सञ्चालनमा आएको छ ।

गुगल प्ले स्टोरका केही शर्त पूरा हुन बाँकी भएकाले केही दिन रोकिएको सो एप शर्त पूरा गरि फेरि सञ्चालनमा ल्याइएको कम्पनीले प्रेसनोट जारी गरि जानकारी दिएको छ । नेपालमा सन् २०१९ देखि सूचना तथा प्रविधि क्षेत्रमा क्रियाशील कम्पनी आईडिया जार डिजिटल कम्पनीले सञ्चालनमा ल्याएको सो एप केही समयमै लोकप्रिय बन्न पुगेको छ ।

कम्पनीका अनुसार एप सार्वजनिक भएको केही दिनमै २ लाखभन्दा बढी पटक डाउनलोड भएको थियो । जसकारण नेपालको इतिहासमै यो एप सबैभन्दा छिटो धेरै डाउनलोड भएको समेत कम्पनीले जनाएको छ । यस एपमा भिडियो हेर्ने तथा अपलोड गर्ने, भिडियो एक्सप्लोर गर्ने, लाईक, कमेन्ट र शेयर गर्ने सुविधा, लाइभ गर्न मिल्ने सुविधा समेत दिएको छ ।

कम्पनीले केही दिनमै एपस्टोरमापनि रमाइलो एपलाई उपलब्ध गराने जनाएको छ । साथै प्रयोगकर्ताको सुझावअनुसार निरन्तर एपको विकाश गर्दै लैजाने कम्पनीको भनाइ छ । कम्पनीले एपमा केही समस्या देखा परेमा कम्पनीलाई खबर गर्न समेत आग्रह गरेको छ ।

आफ्नो मोबाइलमा रमाइलो एप चलाउन https://bit.ly/ramailoshortvideosapp लिंक मार्फत इन्स्टल गर्न सकिन्छ ।

प्रकाशित मिति: २०८०,मङ्सिर,१२,मंगलवार १२:१०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । यही फागुन २५ गतेबाट रिलिज हुने फिल्म ‘उपहार’को नयाँ गीत ‘कहिले बार बिर्सिन्छु’ सार्वजनिक भएको छ ।बिहीबार सार्वजनिक

काठमाडौं । अभिनेता प्रदीप खड्काको प्रमुख भूमिकामा अभिनय रहने फिल्म ‘एक्टर’मा नवअभिनेत्रीका रुपमा दिव्या रायमाझी जोडिएकी छन् । निर्माणपक्ष र

काठमाडौं । अभिनेता अर्पण थापा विशेषत फिल्ममा नकारात्मक चरित्रमा रुचाइएका अभिनेता हुन् । उनले आफूले अभिनय गरेका प्रत्येक फिल्मका चरित्रमा

काठमाडौं । पप स्टार एडेलले स्वास्थ्यको कारण जनाउँदै संगीतबाट केही समय ब्रेक लिने घोषणा गरेकी छन् । उनले सामाजिक सञ्जालमार्फत

ताजा समाचार

प्रिन्स र प्रफुल उपाधिका लागि पुन : भिड्ने
 २०८०,फाल्गुन,१८,शुक्रवार १७:५०
बालिका र सरस्वती महिला क्रिकेटको फाइनलमा
 २०८०,फाल्गुन,१८,शुक्रवार १७:४६
‘दिमागका फोहोर हटाउने साबुन साहित्य हो’
 २०८०,फाल्गुन,१८,शुक्रवार १७:३३
सेन्सर बोर्डप्रति दिपकराज गिरीको कटाक्ष
 २०८०,फाल्गुन,१८,शुक्रवार १६:५१
भरतपुरमा पर्यटन विकासको सम्भावना प्रचुर : ओली
 २०८०,फाल्गुन,१८,शुक्रवार १६:३०