१८ फाल्गुन २०८०, शुक्रवार

हम्बनटोटा बन्दरगाह चिनियाँ उर्जा कम्पनी सिनोपेकलाई

२०८०,मङ्सिर,१२,मंगलवार ११:०८

162
Shares

काठमाडौं । श्रीलंकाले चिनियाँ ऊर्जा कम्पनी सिनोपेकलाई रणनीतिक रूपमा महत्वपूर्ण हम्बनटोटा बन्दरगाहमा ४.५ अर्ब डलरको नयाँ पेट्रोलियम रिफाइनरी प्लान्ट स्थापना गर्न अनुमति दिएको छ ।

सिनोपेक यस वर्ष जुलाईमा श्रीलंकाको बजारमा प्रवेश गरेको थियो । यसको आगामी प्लान्ट श्रीलंकाका लागि ४.५ बिलियन डलरको सबैभन्दा ठूलो विदेशी प्रत्यक्ष लगानी (एफडीआई) हुने उर्जामन्त्री कञ्चना विजेसेखेराले बताइन् ।

मन्त्रिपरिषद्ले सोमबार चीनको सिनोपेकलाई हम्बनटोटा बन्दरगाहमा नयाँ पेट्रोलियम रिफाइनरी प्लान्ट स्थापना गर्न स्वीकृति दिएको हो
हम्बनटोटा कोलम्बो बन्दरगाह पछि श्रीलंकाको दोस्रो ठूलो बन्दरगाह हो ।

यो बन्दरगाह २०१० मा खोलिएको थियो र सन् २०१७ देखि श्रीलंका बन्दरगाह प्राधिकरण र हम्बनटोटा अन्तर्राष्ट्रिय बन्दरगाह समूह भनेर चिनिने चाइना मर्चेन्ट पोर्ट्स बीचको संयुक्त लगानीमा व्यवस्थापन गरिएको छ ।

यो बन्दरगाह चीनको एक्जिम बैंकले व्यावसायिक ऋणमा निर्माण गरेको हो श्रीलंकामा चीनको ठूलो लगानी सरकारी स्वामित्वको चाइना मर्चेन्ट्स पोर्ट होल्डिङ्सलाई २०१७ मा हम्बनटोटा बन्दरगाहमा ९९ वर्षको भाडामा र कोलम्बो बन्दरगाहमा लजिस्टीक र भण्डारण हब निर्माण गर्न अर्को मिलियन सम्झौता गरिएको थियो ।

प्रकाशित मिति: २०८०,मङ्सिर,१२,मंगलवार ११:०८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

मुम्बई । बलिउडका ‘मिस्टर खिलाडी’ अर्थात् अभिनेता अक्षय कुमार राजनीतिमा प्रवेश गर्ने भएका छन् । आगामी लोकसभा चुनावमा उनी भारतीय

काठमाडौं । इरानमा आज आम निर्वाचन हुँदै छ । सन् २०२० को संसदीय चुनावपछि इरानले लगातार चुनौतीहरु सामना गरिरहेकाले यो

काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्धमा परमाणु (आणविक) हतियार प्रयोग गर्ने चेतावनी दिएका छन् । रुस युक्रेन युद्ध

काठमाडौं । पाकिस्तानमा अब राष्ट्रपति चुनावको तयारी सुरु हुँदै छ । आम निर्वाचन सम्पन्न भइसकेकाले पाकिस्तानको निर्वाचन आयोगले राष्ट्रपति पदका

ताजा समाचार

प्रिन्स र प्रफुल उपाधिका लागि पुन : भिड्ने
 २०८०,फाल्गुन,१८,शुक्रवार १७:५०
बालिका र सरस्वती महिला क्रिकेटको फाइनलमा
 २०८०,फाल्गुन,१८,शुक्रवार १७:४६
‘दिमागका फोहोर हटाउने साबुन साहित्य हो’
 २०८०,फाल्गुन,१८,शुक्रवार १७:३३
सेन्सर बोर्डप्रति दिपकराज गिरीको कटाक्ष
 २०८०,फाल्गुन,१८,शुक्रवार १६:५१
भरतपुरमा पर्यटन विकासको सम्भावना प्रचुर : ओली
 २०८०,फाल्गुन,१८,शुक्रवार १६:३०