काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मात्रिका यादवले आयोजकले दिएको उपहार अस्वीकार गरेका छन् ।
काठमाडौंको सोल्टी होटलमा आज (शुक्रवार)देखि लगानी सम्मेलन (नेपाल इन्भेस्टमेन्ट –२०१९) शुरु भएको हो । सम्मेलन भोलि (शनिवार)सम्म चल्ने छ ।
सत्रको अन्तिममा सम्मेलन आयोजक लगानी बोर्डले गैर आवासिय नेपाली संघ (एनआरएनए) का अध्यक्ष भवन भट्टमार्फत मन्त्री यादवसहितका सहभागीलाई उपहार वितरण गरेको थियो । तर, उनले ‘म लिन्न’ भन्दै उपहार अस्वीकार गरे ।
उद्योग मन्त्रालयकी सचिव यामकुमारी खतिवडा, सूर्य नेपाल प्रालिका कार्यकारी निर्देशक अभिमन्यू पोद्दार, गोल्छा अर्गनाइजेसनका कार्यकारी निर्देशक शेखर गोल्छा, हुवासिन सिमेन्टका उपाध्यक्ष सू गाङ वक्ताका रूपमा सहभागी थिए भए पञ्चकन्या ग्रुपका कार्यकारी निर्देशक प्रदीप कुमार श्रेष्ठले सहजकर्ताको भूमिकामा थिए ।
मन्त्री यादव बाहेक उपस्थित अन्य सबै सहभागीले भने आयोजकले दिएको उपहार ग्रहण गरेका थिए भनी मन्त्री यादवले उपहार लिन अस्वीकार गरे ।
सम्मेलनको उद्घाटन डिजिटल डिस्प्ले भएको हलमा बसेर हेर्नुपरेपछि मन्त्री यादव रुष्ट भएका थिए ।
शुक्रवार बिहन सम्मेलको उद्घाट सत्रमा मन्त्री यादवले अग्रसनमा बस्ने सिट नपाएपछि झोक्किँदै सम्मेलन हलबाट बाहिरिएका थिए ।
‘पत्रकारहरुसहित अन्य व्यक्तिहरुको लागि व्यस्था गरिएको ‘डिजिटल डिस्प्ले’ मा बसेर उद्घाटन सत्र हेर्नुपर्ने’ आक्रोश हुँदै मन्त्री यादवले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया