काठमाडौं । एशियाली तथा पश्चिम प्रशान्त क्षेत्रका निर्माण व्यवसायीहरूको छाता संगठन इफाप्काले वितरण गर्ने महत्वपूर्ण अवार्डहरू नेपाली निर्माण व्यवसायीहरूले जितेका छन् ।
नेपालको निर्माण उद्योगमा विशिष्ट योगदान दिएका कारण इफाप्काको ४६औं सम्मेलनका क्रममा नेपाली निर्माण व्यवसायीहरूलाई अवार्ड प्रदान गरिएको हो ।
जसअन्र्तगत दुई हजार अमेरिकी डलर राशीको ह्यो तियोङ ले अवार्ड इफाप्का तथा नेपाल निर्माण व्यवसायी महासंघका पूर्व अध्यक्ष गणेशलाल श्रेष्ठलाई प्रदान गरिएको छ । ३ हजार अमेरिकी डलर राशीको अत्सुमी अवार्ड दामासाहीरुपले (जनही १५ सय, १५ सय) महासंघका मानार्थ सदस्य समेत रहेका पूर्व अध्यक्ष जीप छिरिङ लामा शेर्पा र महासंघका सल्लाहकार एवं पूर्व अध्यक्ष यक्षध्वज कार्कीलाई संयुक्तरुपमा प्रदान गरिएको छ ।
त्यस्तै १ हजार अमेरिकी डलर राशीको इफाप्का चोइ कन्स्ट्रक्शन फिल्ड अवार्ड पी.एस. कन्स्ट्रक्शन प्रा.लि. का साइट इन्चार्ज प्रेम बहादुर थापालाई प्रदान गरिएको छ । यी अवार्डहरू इफाप्का अध्यक्ष रवि सिंह र महासचिव विरेन्द्रराज पाण्डेले प्रदान गरेका हुन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया