काठमाडौं । देशका विभिन्न स्थानमा ४ जना मृत अवस्थामा फेला परेका छन् ।
रूपन्देहीको बुटवल उपमहानगरपालिका–१४ शान्तिनगर टोल बस्ने ४१ वर्षीय सुकसरी टमाटा आफ्नै घरमा आइतबार मृत अवस्थामा फेला परेकी हुन् ।
रूकुमको पश्चिम, सानीभेरी गाउँपालिका–३ मुलपानीस्थित सानीभेरी नदीको किनारमा हाल पहिचान नखुलेका पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् ।
दैलेखको नौमुले गाउँपालिका–४ कालिका बस्ने ३८ वर्षीय भिम बहादुर योगी आफ्नै घरमा आइतबार मृत अवस्थामा फेला परेका छन् ।
मृतकको टाउँकोमा चोट देखिएकोले आवश्यक अनुसन्धान र सोधपुछको लागि उनको श्रीमतीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनसुन्धान गरिरहेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया