काठमाडौं । धर्मगुरु आचार्य श्रीनिवास पक्राउ परेका छन् ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा भएको आन्दोलनमा आफ्ना समर्थकसहित आएर सडक अबरुद्ध पार्न खोजेपछि उनलाई गौशालाबाट पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक कुमोद ढुंगेलले लोकपथलाई जानकारी दिए ।
उनले प्रसाईंको नेतृत्वमा सोमबार गौशालामा भएको प्रदर्शनमा गेरुवस्त्रमा त्रिसुलसहित आएर विवादास्पद अभिव्यक्तिसमेत दिएका थिए ।
उनी १२ असोजमा जनकपुरमा आयोजित धार्मिक सभामा ‘खुकुरी’ देखाउँदै उत्तेजक भाषण गरेका बेला पनि पक्राउ परेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया