ट्याङ्करको ठक्करबाट किशोरीको मृत्यु

लोकपथ
35
Shares

काठमाडौं । बाकेँमा ट्याङ्करको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ । नेपालगंज उपमहानगरपालिका–१७ परस्पुर बस्ने १७ वर्षीय सालिनी पाठकको आइतबार साँझ मृत्यु भएको हो ।

नेपालगंज उपमहानगरपालिका–१ धम्बोझीमा ना.३ ख ८८५२ नम्बरको ट्याङकरले भे.११ प ७६५७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएकी मोटरसाइकलमा सवार पाठककोे भेरी अस्पताल नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालक उपचार पश्चात डिस्चार्ज भएका छन् ।

ट्याङकर चालकलाई प्रहरीले नियन्त्रण लिई यस सम्बन्धमा आवश्यक अनसुन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?