जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ

लोकपथ
56
Shares
काठमाडौं । २६ वर्षीय महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा  एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बाँके कोहलपुर नगरपालिका–११ बस्ने रुकुम पश्चिम आठबिसकोट नगरपालिका–१३ घर भएका ३२ वर्षीय मान बहादुर पुन मगरलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको  हो   ।
मगरले ती महिलालाई ललाई फकाई विवाह गर्छु भनि प्रलोभनमा पारी गत असोज २३ गते राति दाङ राप्ती गाउँपालिका–१ भालुवाङ बजारस्थित रोल्पाली सिर्प जलजला ड्रिमल्याण्ड होटल एण्ड लजमा लगी जबरजस्ती करणी गरी यातना समेत दिएको प्रहरीले जनाएको छ ।  विशेष सुचनाको  आधारमा ईलाका प्रहरी कार्यलय भालुवाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनसुन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?