चार घण्टाभित्र देशभरका प्रश्नपत्र ‘रुजु’ गर्न शिक्षामन्त्री पोखरेलको निर्देशन

काठमाडौं । शिक्षा मन्त्रालयले देशभरको प्रश्नपत्र ४ घण्टाभित्र रुजु गर्न निर्देशन दिएको छ । 

प्रदेश २ मा लगातार माध्यमिक शिक्षा (एसईई) परीक्षाको प्रश्नपत्र बाहिरिएपछि शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले ४ घण्टाभित्र प्रश्नपत्र रुजु गर्न निर्देशन दिएको हो । 

प्रदेश २ मा बिहीवार विज्ञान र शुक्रवार सामाजिक विषयको प्रश्नपत्र बाहिरिएको थियो ।

प्रश्नपत्र बाहिरिएको भन्दै यतिबेला प्रदेश २ का विद्यार्थीहरु आन्दोलित भएका छन् । 

प्रदेश २ को राजधानी जनकपुरधामसहित आठ वटै जिल्लामा विद्यार्थीहरुले विरोध गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?