आफ्नै बुवाको हत्या गरेको अभियोगमा एक जना पक्राउ

लोकपथ
56
Shares

काठमाडौंं । झापामा आफ्नै बुवाको हत्या गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । कमल गाउँपालिका–४ बस्ने २३ वर्षीय आशिष तामाङलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

कराई र दाउले प्रहार गर्दा उनका बुवा ४५ वर्षीय भोला कुमार तामाङको मृत्यु भएको हो । विशेष सुचनाको आधारमा प्रहरी चौकी केर्खा र प्रहरी चौकी तोपगाछीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनसुन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?