काठमाडौं । धर्मगुरुको अगुवाईमा काठमाडौंस्थित गौशालामा मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको आन्दोलनका क्रममा सामान्य झडप भएको छ ।
प्रदर्शनकारीले सोमबार गौशालाको मूल सडकमा अवरोध गर्ने क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको हो ।
राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाऊ महाअभियानका संयोजक प्रसाईंले आन्दोलनको पाँचौँ दिन धर्मगुरुहरुको सहयोगमा काठमाडौंको गौशालामा बृहत विरोध कार्यक्रम सुरु गरेका हुन् ।
उनीहरूले सडकमै सुतेर विरोध जनाएपछि प्रहरीले त्यहाँबाट हटाउन बल प्रयोग गरेको थियो ।
नागरिक बचाऊ अभियानअन्तर्गतको आन्दोलनमा प्रसाईँले आज धार्मिक अगुवालाई उतारेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया