स्रोत नखुलेको १५ लाख ८४ हजार रूपैयाँसहित एक जना पक्राउ

लोकपथ
0
Shares

काठमाडौं  । स्रोत नखुलेको १५ लाख ८४ हजार रुपैयाँसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका–१४ बल्खुबाट स्रोत नखुलेको रकम १५ लाख ८४ हजार ५ सय रूपैयाँसहित भारत मोतिहारी घर भएका २२ वर्षीय हामित खानलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी प्रभाग बल्खुबाट खटिएको प्रहरीले बा.प्र०२–१७ प ९७५१ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई उक्त रकमसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनसुन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?