काठमाडाैं । अनलाईनमार्फत ठगी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
अनलाइनमार्फत १ लाख ३५ हजार रूपैयाँ ठगी गरेको अभियोगमा ललितपुर महालक्ष्मी नगरपालिका–३ ईमाडोल बस्ने सप्तरी कञ्चनरूप नगरपालिका–९ घर भएकी २७ वर्षीया सुजता चौधरीलाई आइतबार प्रहरीले पक्राउ गरेको हाे ।
चौधरीले आफू टर्किको नागरिक हो भनि फेसबुकमार्फत साथी बनाएकालाई कुरियरबाट मोबाइल, घडि, जुत्ता, सुनका गहना, मेकअप लगायतका सामानहरू पठाएको र उक्त सामान काठमाडौं एयरपोर्टमा आइपुगेकोले सामानको कस्टम, डेलीभरी र इन्सुरेन्स वापतको रकम तिर्नुपर्छ भन्दै विभिन्न व्यक्तिहरुको नामको बैंक खातामा रकम जम्मा गर्न लगाई ठगी गरेको प्रहरीले जनाएको छ ।
विशेष सुचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यलय मिनभवनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । चौधरीलाई ठगी सम्बन्धी कसूरमा आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया