रामधुनीका उपमेयर र वडाध्यक्षसहित ९ जनाविरुद्ध भ्रष्ट्राचार मुद्दा दायर

लोकपथ
56
Shares

काठमाडौं । भ्रष्ट्राचार गरेको आरोपमा सुनसरीको रामधुनी नगरपालिकाका तत्कालीन उपमेयरसहित ९ जनाविरुद्ध विशेष अदालतमा सोमबार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापभन्दा बढी बाटो कालोपत्रे गरेको देखाएर भ्रष्ट्राचार गरेको भन्दै तत्कालीन उप सविनाकुमार चौधरीसहित ९ जनाविरुद्ध अभियोग पत्र दायर गरेको हो ।

तत्कालीन प्रमुख प्रशासकीय अधिकृत ओमकारप्रसाद न्यौपाने, लेखा अधिकृत देवेन्द्रनारायण चौधरी, शव इन्जिनियर हर्षलाल चौधरी, वडा९३ का वडाध्यक्ष रामकुमार चौधरीसहितलाई प्रतिवादी बनाइएको छ ।

२ लाख १२ हजार ७३ रुपैयाँ ५८ पैसा भ्रष्ट्राचार भएको अख्तियारको ठहर छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?