इन्स्टाग्राममा गगन थापाको फोटो राख्दै अमेरिकी दूतावासले भन्यो, ‘हेर्नुस् त कक्षामा को छ ?’

काठमाडौं । नेपाली कांग्रेस नेता गगन थापा यतिबेला अमेरिकामा छन् । 

पूर्वप्रधानमन्त्री समेत रहेका थापा अमेकिराको हावर्ड विश्वविद्यालयस्थित हार्वर्ड केनेडी स्कुलमा छोटो अविधको ‘एक्काइसौँ शताब्दीको लागि विश्वव्यापी नेतृत्व र सार्वजनिक प्रशासन’शीषकको कोर्स गर्न अमेरिका पुगेका हुन् । 

नेपालस्थित अमेरिकी दूतावासले उनको पढाईको विषयमा औपचारिक जानकारी दिएको छ । 

दूतावासले आफ्नो सामाजिक सञ्जाल इन्स्टाग्राममा गगनले कक्षामा बसेर पढिरहेको फोटो सार्वजनिक गरेको हो । 

दूतावासले आफ्नो इन्स्टाग्राममा गगन थापाको फोटो राख्दै लेखेको छ, ‘हेर्नुस् त कक्षामा को छ ? उहाँ भन्नुहुन्छ मलाई युवा रहिरहनु छ र सिकाई एक यस्तो विषय हो जसले युवा रहन सहयोग गर्छ । सिकाई तथा कक्षामा फर्कन पाउँदा मैले आफूलाई अत्यन्तै युवा महसुस गरिरहेको छु । एकदम रमाइलो लागेको छ । वी वीस हिम एन ए प्लस टाइम । हामी उहाँलाई रमाइलो सिकाईको कामना गर्छौंं ।’


 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?