के तपाईं घर बनाउँदै हुनुहुन्छ? या, घर बनाउने सोचमा हुनुहुन्छ? पख्नुहोस्, तपाईंको लागि एउटा अत्यन्तै उपयोगी खबर छ।
शिवम् सिमेन्टले उपभोक्ताका लागि घर बनाउनेदेखि जग्गा छान्नेसममको टिप्ससहित सन्देशमुलक अभियान सुरु गरेको छ । ‘शिवम् सन्देश’ नामक टिप्स घर बनाउने ग्राहकका लागि निकै उपयोगी हुने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार वर्षौंको मेहेनत र पसिनाले बनाएको घर योजना अनुरूपकै होस् र घर बनाउँदा कुनै गल्ती कमजोरी नहोस् भन्ने चाहना बमोजिम सूचनाका लागि यस्तो सन्देश लिएर आएको बताएको छ ।
‘सही विशेषज्ञ र प्राविधिकको सल्लाह अत्यावश्यक र लाभप्रद हुन्छ । त्यसैले नेपाल गुणस्तर अवार्ड २०१९ बाट पुरस्कृत नेपालकै पहिलो सिमेन्ट कम्पनी शिवम् सिमेन्टले ’शिवम् सन्देश’लिएर आएको छ । शिवम् सन्देश’ गुणस्तरीय, सुरक्षित टिकाउ घर निर्माणका लागि जनचेतनामूलक सन्देशहरूको संग्रह हो । यसमा घर निर्माण पूर्व निर्माणका योजना बनाउँदै गर्दा, घर बनाउँदै गर्दा र घर बनाइसकेपछि ध्यानदिनु पर्ने विभिन्न महत्वपूर्ण जानकारीहरू समावेश गरिएको छ,’ कम्पनीले जारी गरेको प्रेस विज्ञप्तिमा छ ।
घर बनाउने जग्गाको छनोट गर्नेबारेका सुझावदेखि गुणस्तरीय निर्माण सामग्रीको छनोट र भण्डारण कसरी गर्ने ? विभिन्न मौसममा घर बनाउँदा के कस्ता कुरामा विचार पुर्याउने ? जस्ता थुप्रै उपयोगी जानकारीहरू समेटिएको छ ।भूकम्प र बाढी–पहिरा जस्ता प्राकृतिक प्रकोप प्रतिरोधी घर निर्माण कसरी गर्ने ? इन्जिनियर र आर्किटेक्ट जस्ता प्राविधिकको महत्वकति हुन्छ ? साथै, घर बनाउँदा बजेटको व्यवस्थापन र वितरण कसरी गर्ने जस्ता जटिल प्रश्नहरूको सरल जनबोलीमा दिइएका सल्लाह र सुझाव शिवम् सन्देशमा समेटिएका छन् ।
साधारण लाग्ने तर घर निर्माणको योजनाबनाउन र घर निर्माणका क्रममा निकै उपयोगी हुनसक्ने महत्वपूर्ण जानकारी, सल्लाह र सुझावहरू पनि शिवम् सन्देशमा समेटिएको कम्पनीले जनाएको छ ।
शिवम् सन्देश’ उपभोक्ताहरूले शिवम् सिमेन्टको आधिकारिक वेबपेज, फेसबुक, युट्युब र इन्स्टाग्राममा गएर पनि हेर्न सकिने कम्पनीको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया