विवेकशील साझाको काठमाडौंमा प्रदर्शन: अख्तियारलाई सोधे, ‘ठूलो माछा कता छ ?’

काठमाडौं । विवेकशील साझा पार्टीले काठमाडौंमा प्रदर्शन गरेको छ । 

विवेकशील साझा पार्टीले शुक्रवार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टंगाल अगाडी प्रदर्शन गरेको हो । 

राष्ट्रिय झण्डासहित प्रदर्शनमा उत्रिएका विवेकशीलका नेता तथा कार्यकर्ताले ‘ठूलो माछा कता छ?, सिंहदरबार जता ।’भन्ने प्लेकार्ड बोकेका थिए । 

गत फागुन २४ गते भ्रष्टाचारविरुद्ध ज्ञापनपत्र बुझाएको विवेकशीलले आज काठमाडौं उपत्यकालगायत सातै प्रदेशमा विरोध प्रदर्शन गरेको पार्टीले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?