काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराई सवार गाडी तोडफोड भएको छ ।
गृहजिल्ला ताप्लेजुङमा पार्टी कार्यक्रम सकेर फर्किँदै गर्दा केही युवाको समूहले गाडीमाथि तोडफोड गरेको भट्टराईले लोकपथलाई जानकारी दिए ।
कोशी प्रदेशमा पहिचानको नारा लगाइरहेको युवाहरुको समूहले गाडी तोडफोड गरेको उनले बताए ।
‘ताप्लेजुङमा पार्टी कार्यक्रम सकेर फर्किरहेको अवस्थामा कोशी पहिचानको नारा लगाइरहेका युवाहरुको समूहले होहल्ला गर्दै गाडीमा समेत तोडफोड गरे ।’ उनले भने ।
उनका अनुसार उनी र उनीसँग रहेका व्यक्तिहरु भने सुरक्षित रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया