काठमाडौं । सर्वोच्च अदालतले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाइको बन्दी प्रत्यक्षीकरणको रिट खारेज गरेको छ ।
न्यायाधीश कुमार चुडालको एकल इजलासमा परेको रिट औचित्य सकिएको भन्दै आइतबार खारेज भएको हो ।
गत शुक्रबार काठमाडौंको तीनकुनेमा आन्दोलन गर्ने घोषणा गरेका प्रसाईंलाई कडा सुरक्षाबीच घरबाट बाहिर निस्किन दिइएको थिएन । उनले आफूलाई नजरबन्दमा राखेको भन्दै पत्रकार सम्मेलन गरेर जानकारी दिएका थिए । सोही दिन उनका तर्फबाट वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
बिहीबार बल्खुमा प्रसाईंको नेतृत्वमा आन्दोलन भएको थियो । शुक्रबार तीनकुनेमा आन्दोलन गर्ने भनिए पनि प्रशासनले अनुमति नलिएको भन्दै आन्दोलन गर्न दिएको थिएन । आफ्ना मागहरु पूरा नभएसम्म आन्दोलन नरोक्ने चेतावनी दिएका प्रसाईंको आन्दोलन आजबाट अनिश्चितकालका लागि स्थगित गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया