काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले हिन्दू राष्ट्रको माग गर्दै आन्दोलनमा उत्रिएको छ ।
पहिलो चरणको आन्दोलन अन्तर्गत आज (शुक्रवार) राप्रपाले देशभर प्रचार अभियान शुरु गरेको हो । प्रचारप्रसार अभियान भोलि (शनिवार)सम्म चल्ने जानकारी दिउँदै पार्टी अध्यक्ष कमल थापाले आइतवारदेखि२३ गतेसम्म देशभरबाट हिन्दू राष्ट्रको माग गर्दै हस्ताक्षर संकलन गर्ने बताएका छन् ।
यही चैत २५ गते (सोमवार) ७७ जिल्ला सदरमुकाम, सात प्रदेशका मुकाम र सिंहदरबारमा १ घण्टा धर्नाको कार्यक्रम तय भएको राप्रपाले जनाएको छ ।
त्यस्तै, चैत्र २८ गते (बिहीवार) स्थानीय तहमा एक घण्टा धर्ना दिँदै धर्म निरपेक्षताको विरोध गर्ने राप्रपाको तयारी छ ।
साथै आगामी वर्ष वैशाख ५ गते (आइतवार)देखि धर्म निरपेक्षताको ब्यानर तथा प्ले कार्ड जलाउने र ८ गते (आइतवार) राजमार्गहरुमा २ घण्टाको सत्याग्रह गर्ने गरी राप्रपाले विरोधका कार्यक्रम तय गरेको छ ।
गत फागुन १५ गते ताप्लेजुङको पाथीभाराबाट मेची महाकाली स्वाभिमान यात्रा सम्पन्न गरे लगत्तै बसेको राप्रपा केन्द्रीय कार्य समितिको बैठकले आन्दोलनका कार्यक्रम तय गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया