के तपाईं घर बनाउँदै हुनुहुन्छ ? हेर्नुहोस् ‘शिवम् सन्देश’

लोकपथ
104
Shares

काठमाडौं । शिवम सिमेन्टले घर निर्माणका लागि जनचेतनामुलक सन्देशहरु ल्याएको छ ।

शिवम् सिमेन्टले गुणस्तरीय, सुरक्षित र जुगौं–जुग रहिरहने टिक्ने घर निर्माणका लागि जनचेतनामुलक सन्देशहरुको संग्रह ल्याएको हो ।

एउटा आफ्नै घर होस् भन्ने इच्छा प्रायः सबैको हुन्छ र घर बनाउने सपना पुरा गर्न हामीले जीवनको ठुलो हिस्सा खर्चन्छौ पनि। बर्षौंको मेहेनत र पसिनाले बनाएको घर योजना अनुरुपकै होस्, घर बनाउदा कुनै गल्ति कमजोरी नहोस् भन्ने चाहना सबैको हुन्छ । हाम्रो सपनाको घर निर्माण गर्ने क्रममा दुखले कमाएको सम्पत्ति बालुवामा पानी हाले सरि व्यर्थमा खर्च हुन नदिन सहि विशेषज्ञ र प्राविधिकको सल्लाह अत्यावश्यक र लाभप्रद हुन्छ ।

त्यसैको लागि सहयोगी हुने NS Quality Award 2019 बाट पुरस्कृत नेपालकै पहिलो सिमेन्ट कम्पनी शिवम् सिमेन्टले ‘शिवम् सन्देश’ लिएर आएको छ ।

‘शिवम् सन्देश’ गुणस्तरीय, सुरक्षित र जुगौं–जुग रहिरहने टिक्ने घर निर्माणका लागि जनचेतनामुलक सन्देशहरुको संग्रह हो। यसमा घर निर्माण पुर्व निर्माणका योजनाहरु बनाउँदै गर्दा, घर बनाउँदै गर्दा र घर बनाइसकेपछि ध्यान दिनु पर्ने विभिन्न महत्वपूर्ण जानकारीहरु समावेश गरिएको कम्पनीले जनाएको छ ।

घर बनाउने जग्गाको छनौट गर्ने बारेका सुझावदेखि गुणस्तरीय निर्माण सामग्रीको छनोट र भण्डारण कसरी गर्ने? विभिन्न मौसममा घर बनाउँदा के कस्ता कुरामा विचार पुर्याउने ? जस्ता थुप्रै अति उपयोगी जानकारीहरु समेटिएको ’शिवम् सन्देश’ले ‘‘भरोसा अटुट सम्बन्धको’’ भन्ने शिवम् सिमेन्टको नारालाइ अझै उचाइमा पुर्याएको छ ।

कम्पनीका अनुसार भूकम्प र बाढी–पहिरा जस्ता प्राकृतिक प्रकोप प्रतिरोधी घर निर्माण कसरी गर्ने? इन्जिनियर र आर्किटेक्ट जस्ता प्राविधिकको महत्व कति हुन्छ? साथै घर बनाउँदा बजेटको व्यवस्थापन र वितरण कसरी गर्ने जस्ता जटिल लाग्ने प्रश्नहरुको सरल जनबोलीमा दिइएका सल्लाह र सुझावहरु ’शिवम् सन्देश’मा समेटिएका छन् । साथै, साधारण लाग्ने तर घर निर्माणको योजना बनाउन र घर निर्माणका क्रममा निकै उपयोगी हुनसक्ने महत्वपूर्ण जानकारी, सल्लाह र सुझावहरु पनि ’शिवम् सन्देश’मा समेटिएको छ ।

सन् २००३ मा मध्य नेपालको हेटौँडामा स्थापित शिवम् सिमेन्ट उद्योगले स्थानीय गुणस्तरीय चुनढुङ्गाको प्रयोग गरि उच्च गुणस्तरीय शिवम् सिमेन्टको उत्पादन गर्दै आएको छ । निर्माण व्यवसायी र सर्वसाधारणको भरोसा र विश्वास जित्दै आएको शिवम् सिमेन्टले लिएर आएको ’शिवम् सन्देश’ उपभोक्ता प्रतिको उत्तरदायित्व र जिम्मेवारीको उत्कृष्ट उदाहरण रहेको कम्पनीले जनाएको छ । शिवम् सन्देश, शिवम् सिमेन्टको आधिकारिक वेबपेज, फेसबुक, युट्युब र इन्स्टाग्राममा गएर हेर्न सकिन्छ ।

घर निर्माणका चरण जत्तिकै महत्वपूर्ण घर निर्माणको योजना पनि हो। आफूसँगै परिवारको सुरक्षित बसोबासका लागि सुरक्षित र टिकाउ घर निर्माणको योजनामा येथेष्ट समय खर्चनु हाम्रो दायित्व हो। आजको सावधानीले सबैको भविष्य सुखी सुरक्षित हुन्छ । उक्त सन्देशले घर निर्माणका लागि सहयोगी हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?