काठमाडौं । सर्लाहीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । बसबरिया गाउँपालिका–५ बस्ने ७० वर्षीया विल्टी देवी यादवको करेन्ट लागेर शनिबार साँझ मृत्यु भएको हो ।
आफ्नै खेतमा घाँस काट्न गएको अवस्थामा एनसेलको टावरबाट निजको नाति सरोज यादवले संचालन गरेको कालेबाबा इङ्लिस बोर्डिङ स्कुलमा बत्ती बाल्न लगेको तारबाट करेन्ट लाग्दा उनको मृत्यु भएको बताइएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया