छुट्टाछुट्टै स्थानबाट अवैध लागूऔषध सहित ६ जना पक्राउ

लोकपथ
0
Shares

काठमाडौं । देशका विभिन्न स्थानबाट अवैध लागूऔषध सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । कास्कीको पोखरा महानगरपालिका–३० पावरहाउसस्थित सडकबाट अवैध लागूऔषध गाँजा ४ केजीसहित धादिङ गजुरी गाउँपालिका–३ घर भएका २० वर्षीय बिनोद बिक शनिबार दिउँसो पक्राउ परेका छन् ।

प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरीले काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको बा.१ प १२९४ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार बिकलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

र्दियाको बढैयाताल गाउँपालिका–८ पशुपति बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १४ ग्राम ९ सय ७० मिलिग्रामसहित गुलरीया नगरपालिका–११ बस्ने ४२ वर्षीय कलिम अहमद मनिहार र ३५ वर्षीय अयोध्या प्रसाद धोबी शनिबार दिउँसो पक्राउ परेका छन् ।

ईलाका प्रहरी कार्यालय मैनापोखर, प्रहरी चौकी जमुनी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको भे.१ प ८३७१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

मोरङको बिराटनगर महानगरपालिका–५ कोचाखाल बस्ने २८ वर्षीया लक्ष्मी कामत अवैध लागूऔषध गाँजा १ किलो ३ सय ग्रामसहित शनिबार साँझ पक्राउ परेकी छिन् । वडा प्रहरी कार्यालय बिराटनगरबाट खटिएको प्रहरीले उनको घरबाट उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो ।

कैलालीको लम्कीचुहा नगरपालिका–९ प्रतापपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय १० मिलिग्रामसहित सोही ठाउँ बस्ने ३४ वर्षीय साजित चौधरी शनिबार राति पक्राउ परेका छन् । प्रहरी चौकी प्रतापपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१० बसपार्कबाट अवैध लागूऔषध गाँजा करिब ६ केजीसहित चितवन रत्ननगर नगरपालिका–३ लौरीचोक बस्ने २० वर्षीय सरिता लामा आइतबार बिहान पक्राउ परका छन् ।

प्रहरी चौकी बसपार्कबाट खटिएको प्रहरीले धनगढीबाट काकडभिट्टातर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ३४११ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार लामालाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

सबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?