सोमबार पुन: १८ अर्ब ५० करोड रुपैयाँको ट्रेजरी बिल बिक्री हुने

लोकपथ
65
Shares

काठमाडौं । भोलि सोमबार पुनः १८ अर्ब ५० करोड रुपैयाँको ट्रेजरी बिल बिक्री बिक्री हुने भएको छ । राष्ट्र बैंकका अनुसार सो दिन बोलकबोलवका माध्यमद्धारा अपरान्ह दुई बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो ।

मंसिर १२ गते जारी मिती तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन पाउनेछन । बिक्री गरिने कुुल ट्रेजरी मध्येमा २८ दिने अवधिको पाँच अर्ब, एक सय ८२ दिने अवधिको छ अर्ब र तीन सय ६४ दिने अवधिको सात अर्ब ५० करोड रुपैंयाँ बराबरको रहेको राष्ट्र बैंकको भनाई छ । यि ट्रेजरीरीहरुको परिपक्व हुने अवधि भने क्रमशः बिसं २०८० पुस १० गते, बिसं २०८१ जेठ १५ गते र बिसं २०८१ मंसिर ११ गते तोकिएको छ । यि सबै ट्रेजरी बिल पुरानो नविकरण अन्र्तगतको रहेको राष्ट्र बैंकको भनाई छ ।

गत साता पनि राष्ट्र बैकले २३ अर्ब २३ करोड ३२ लाख रुपैंयाँको ट्रेजरी बिल बोलकबोलको माध्यमद्धारा बिक्री गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?