नेपाल इन्स्योरेन्सले १० प्रतिशत बोनस सेयर दिने

लोकपथ
65
Shares

काठमाडौं । नेपाल इन्स्योरेन्सले आफ्ना लगानीकर्तालाई लाभांश वितरण घोषणा गरेको छ । शनिवार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश घोषणा गरेको हो ।

कम्पनीले लगानीकर्तालाई १० प्रतिशतका दरले बोनस सेयर घोषणा गरेको छ । चुक्ता पुँजी १ अर्ब ४९ करोड ४७ लाख ६५ हजार रुपैयाँ रहको कम्पनीले १० प्रतिशतका दरले हुने १४ करोड ९४ लाख ७६हजार रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्नेछ ।

यस्तै, यसका लागि लाग्ने कर प्रयोजनार्थका लागि भनेर ०.५२६३ प्रतिशत नगद लाभांश समेत घोषणा गरेको छ । यसअनुसार कम्पनीले ७८ लाख ६७ हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण हुन्छ । कम्पनीको सञ्चालक समितिले गरेको प्रस्ताव बीमा प्राधिकरणबाट र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित हुनुपर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?