एनआईसी एसिया लघुवित्तले घोषणा गर्‍यो १५ प्रतिशत लाभांश

लोकपथ
104
Shares

काठमाडौं । एनआईसी एसिया लघुवित्त वित्तीय संस्थाले आफ्ना लगानीकर्तालाई १५ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७९/८० को सञ्चित नाफाबाट लगानीकर्तालाई १५ प्रतिशत लाभांश घोषणा गरेको हो ।

कम्पनीका अनुसार १५ प्रतिशतका दरले २६ करोड ९ लाख १६ हजार रुपैयाँ नगद लाभांश वितरण गर्नेछ । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ७३ करोड ९४ लाख ४० हजार रुपैयाँ छ ।

लघुवित्तले यही मङ्सिर ८ गते बसेको सञ्चालक समितिको ११९औँ बैठकले गरेको प्रस्ताव आगामी साधारण सभाले पारित गर्नुपर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?