दुई अर्ब बढी संस्थागत निक्षेप लगानीको लागि राष्ट्र बैंकले माग्यो प्रस्ताव

लोकपथ
78
Shares

काठमाडौं । नेपाल राष्ट्र बैकले दुई अर्ब ८६ करोड ५३ लाख रुपैयाँ संस्थागत निक्षेप राख्नको लागि प्रस्ताव मागेको छ ।

आईतबार बाँणिज्य बैंक, बिकास बैंक र फाईनान्स कम्पनीहरुको नाउँमा राष्ट्र बैंकले उक्त प्रस्ताव माग गरेको हो । सो अनुसार राष्ट्र बैंकले बिभिन्न कोषमा रहेको रकम तीन सय ६५ दिने मुुद्धती निक्षेपकोरुपमा २०८० पुस एक गतेदेखि २०८१ मंसिर ३० गतेसम्मको लागि लगानी गर्ने छ ।

राष्ट्र बैंकका अनुसार लगानी गरिने कुुल रकम मध्ये बाँणिज्य बैकहरुको लागि दुई अर्ब २९ करोड २२ लाख, बिकास बैंकहरुको लागि ४२ करोड ९८ लाख र फाईनान्स कम्पनीहरुको लागि १४ करोड ३३ लाख रुपैयाँ छुुट्याईएको छ ।

रकम लगानी गर्न चाहाने इच्छुुक तथा फाईनान्स कम्पनीहरुले यही मंसिर १३ गतेसम्म नेपाल राष्ट्र बैंकमा आफुुले लगानी गर्न चाहेको रकम र उक्त रकममा दिन चाहेको व्याज समेत उल्लेख गरेर आवेदन दिनुुपर्ने राष्ट्र बैंकले जानकारी दिएको छ ।

यसैगरी रकम लगानीको लागि प्रस्ताव पेस गर्ने बैंक तथा फाईनान्स कम्पनीहरु सञ्चालनमा आएको कम्तीमा दुई बर्ष पुरा गरेको, तोकिएको न्यूनतम पूँजीकोष कायम रहेको, निष्कृय कर्जा (एन.पी.ए) कुल कर्जा सापटको पाँच प्रतिशत भन्दा कम भएको खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तिमा २० प्रतिशत वा सो भन्दा बढी रहेको हुनुपर्ने लगायतका न्युनतम शर्तहरु तोकिएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?