काठमाडौं । काठमाडौंको सोल्टी होटलमा आज (शुक्रवार)देखि लगानी सम्मेलन (नेपाल इन्भेस्टमेन्ट –२०१९) शुरु भएको छ । लगानी सम्मेलनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले उदघाटन गरेका छन् ।
विदेशी लगानी भित्र्याउने सरकारले आयोजना गरेको लगानी सम्मेल दुई दिन चल्ने छ ।
होटल सोल्टीमा आयोजित विशेष समारोहकाबीच लगानी बोर्डका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले शुक्रवार बिहान सम्मेलनको उदघाटन गरेका हुन् ।
सम्मेलनका अर्थमन्त्री युवराज खतिवडाले स्वागत मन्तव्य राख्दै सहभागीहरुलाई स्वागत गरेका छन् । उदघाटन समारोहमा बो
ल्दै अर्थमन्त्री खतिवडाले सम्मेलन लगानी तथा आपसी अनुभव आदानप्रदानका लागि महत्वपूर्ण हुने विश्वास व्यक्त गरेका छन् ।
यसैगरी सम्मेलनमा अहिले प्रधानमन्त्री ओलीले आफ्नो मन्तव्य राखिरहेका छन् ।
उनले राजनीतिक संक्रमण अन्त्य गर्दै नेपाल समृद्धिको यात्रामा अघि बढेकाले हातेमालो गरेर अघि बढ्न उनले सहभागीहरुलाई आग्रह गरेका छन् ।
सम्मेलनमा सहभागी हुन स्वदेशी तथा विदेशी गरी करिब १ हजार लगानीकर्ताहरुको उपस्थिति रहेको छ भने विभिन्न ४० देशहरुबाट मात्रै करिब ६ सयभन्दा बढी लगान्ीकर्ताको सम्मेलनमा सहभागी भएका छन् ।
सम्मेलनमा लगानीका लागि निजी क्षेत्रको तर्फबाट २७ समेत गरी सरकारले ७७ वटा परियोजनाहरु प्रस्ताव गरिदैछ । उद्घाटन शत्र पछि हुने विषयगत शत्रहरुमा ति परियोजनाहरुमा लगानीका विषयमा छलफल हुने बोर्डले जनाएको छ ।
सम्मेलनको उद्घाटन शत्रमा अर्थमन्त्री डा. युवराज खतिवडाले मन्तव्य राखिसकेका छन् भने प्रधानमन्त्री ओलीले सम्मेलनलाई सम्बोधन गरिरहेका छन् ।
उद्घाटन शत्रमै म्यानमारका यूनियन मन्त्री उ ताउन टूनल सम्बोधन गर्ने आयोजकले जनाएका छन् भने विश्व बैंकका उपाध्यक्ष हार्टविग सेफर, एशियाली विकास बैंकका उपाध्यक्ष शिक्षिन चेन, मेनहार्ड ग्रपका कार्यकारी अध्यक्ष शाहाद नासिम र दी मुथहोट ग्रुपका अध्यक्ष एमजी जर्ज मुथहोटले पनि उद्घाटन समारोहलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । साथै लगाती बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीसमेत सम्मेलनमा बोल्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया