रिडी हाइड्रोले छ प्रतिशत बोनस शेयर दिने

 काठमाडौँ, १० कात्तिक – रिडी हाइड्रो पावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आफ्ना शेयरधनीलाई छ प्रतिशत बोनस शेयर दिने भएको छ कम्पनीको आज सम्पन्न १६ औँ वार्षिक साधारणसभाले शेयरधनीलाई नगद लाभांश उपलव्ध गराउने निर्णय गरेको छ । गुल्मी जिल्लाको रिडीमा कम्पनीले २.४ मेगावाट क्षमताको जलविद्युत् आयोजना सञ्चालन गरिरहेको छ कम्पनीले हाल ९.९ मेगावाट क्षमताको इवाखोला जलविद्युत् आयोजना निर्माण गरिरहेको र यसै वर्ष निर्माण सम्पन्न हुनेछ । कम्पनीले बुटवलमा ८.५ मेगावाट क्षमताको ग्रिडमा जोडिने सौर्य ऊर्जा प्रणाली निर्माण गर्ने अनुमतिपत्र लिएको छ सौर्य प्रणाली जडानका लागि कम्पनीले अधिकृत पूँजीमा वृद्धि गरी रु एक अर्ब पु¥याउने प्रस्ताव पारित गरेको कम्पनीको सञ्चालक समितिका अध्यक्ष बच्छराज तातेडले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?