काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्मसंस्कृती र नागरिक बचाउ महाअभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिट पेशी तोकिएको छ ।
आइतबार प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिट सर्वोच्च अदालतका न्यायाधीश कुमार चुडालको इजलासमा परेको हो ।
गत शुक्रबार काठमाडौंको तीनकुनेमा आन्दोलन गर्ने घोषणा गरेका प्रसाईंलाई कडा सुरक्षाबीच घरबाट बाहिर निस्किन दिइएको थिएन । उनले आफूलाई नजरबन्दमा राखेको भन्दै पत्रकार सम्मेलन गरेर जानकारी दिएका थिए । सोही दिन उनका तर्फबाट वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले रिट दायर गरेका थिए ।
बिहीबार बल्खुमा प्रसाईंको नेतृत्वमा आन्दोलन भएको थियो । शुक्रबार तीनकुनेमा आन्दोलन गर्ने भनिए पनि प्रशासनले अनुमति नलिएको भन्दै आन्दोलन गर्न दिएको थिएन । आफ्ना मागहरु पूरा नभएसम्म आन्दोलन नरोक्ने चेतावनी दिएका प्रसाईंको आन्दोलन आजबाट अनिश्चितकालका लागि स्थगित गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया