काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृती र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले नेतृत्व गरिरहेको आन्दोलन अनिश्चितकालका लागि स्थगित भएको छ ।
बिहीबार काठमाडौंको बल्खुबाट सुरु भएको आन्दोलन शनिबारसम्म भए पनि आजबाट भने स्थगित गरिएको महाअभियानले एक विज्ञप्ति जारी गर्दै जानकारी गराएको छ ।
शनिबार चावहिलको सिफल क्षेत्रमा आन्दोलन गरिएकोमा आजका लागि भक्तपुर दरबार क्षेत्रमा आन्दोलन गर्ने भनिएको थियो तर शनिबार नै विज्ञप्ति जारी गर्दै महाअभियानले आन्दोलन स्थगित गरिएको जानकारी गराएको हो ।
‘आज बसेको केन्द्रीय समितिको बैठकको निर्णय अनुसार भोलि २०८० मंसिर १० गतेका दिन भक्तपुरको दरबार क्षेत्र भित्र गरिने भनिएको कार्यक्रमलाई अर्को सूचना प्रकाशित नभएसम्मको लागि स्थगित गरिएको जानकारी गराइन्छ ।’ शनिबार जारी विज्ञप्तिमा भनिएको छ ।
त्यस्तै आज आन्दोलन स्थगित गरेर केही स्थानमा सांस्कृतिक कार्यक्रम कलंकी चोक, बालाजु बिजी मल र रत्नपार्कमा हुने समेत बताइएको छ ।
मुख्य नेपालमा हिन्दू राष्ट्र स्थापना, संवैधानिक राजतन्त्र, लघुवित्त पीडितहरुको न्यायको लागि भन्दै बल्खुबाट आन्दोलन शुरु भएको थियो ।
शुक्रबार तीनकुनेमका आन्दोलन गर्ने भनिए पनि प्रसाईंलाई कडा सुुरक्षा व्यवस्थाकाबीच घरबाट बाहिर निस्किन नदिएपछि आन्दोलन स्थगित भएको थियो । भने शनिबारका लागि महाअभियानले प्रशासनसँग अनुमति लिएर सिफलमा आन्दोलन गरेको थियो । तर उक्त आन्दोलनमा मान्छेहरुको उपस्थिती कम हुँदै गएपछि अन्तमा आन्दोलन नै स्थगित गरिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया