१३ मङ्सिर २०८०, बुधबार

अन्तत: पशुपतिको राप्रपा गणतन्त्रको पक्षमा

२०७४,कार्तिक,१०,शुक्रवार १५:४६

9
Shares

काठमाडौँ, १० कात्तिक – राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) ले आगामी मंसिरमा हुने चुनावका लागि निर्माण गर्ने घोषणापत्रमा संघीय लोकतान्त्रिक गणतन्त्रको धारलाई समेट्ने भएको छ पार्टीका घोषणापत्र मस्यौदा समितिका संयोजक एवं महामन्त्री ध्रुवबहादुर प्रधानको संयोजकत्वमा आज बसेको बैठकले जनताको परिवर्तनको चाहनासहित संविधानसभामार्फत जारी भएको संविधानका अधिकांश विषयलाई आत्मसात् गर्दै मुलुकमा हिन्दूराष्ट्र कायम गर्ने पक्षलाई प्राथमिकतामा राख्ने भएको छ सन्तुलित र सहअस्तित्वको आधारमा परराष्ट्र नीति तथा राज्यले उत्पादन र वितरणमा सबै क्षेत्रमा जनताको पहुँच समान रुपमा स्थापित गर्ने गरी उदार आर्थिक नीतिका पक्षमा पार्टीले वैचारिक दृष्टिकोण बनाउने सहप्रवक्ता किरण गिरीले जानकारी दिए राजनीतिक स्थिरता, संविधान कार्यान्वयन र चुनावको सुनिश्चिताका लागि पार्टीले लोकतान्त्रिक गठबन्धनमा सहभागिता जनाउनुपरेको विषयलाई समेत घोषणापत्रमा राखिने छ स्थानीय तहको निर्वाचनमा सहभागी भएका मधेशी दललाई सकारात्मक रुपमा पार्टीले हेर्ने र कम्युनिष्ट पार्टीको गठबन्धनलाई आलोचनात्मक रुपमा हेर्ने निर्णय भएको छ यसैबीच सोही पार्टीको काठमाडौँ जिल्ला समितिले आज आयोजना गरेको कार्यकर्ता भेलामा अर्का महामन्त्री राजाराम श्रेष्ठले लोकतान्त्रिक मूल्य मान्यताको संरक्षण गरी देश र जनताको समृद्धि कायम गर्न सकिने हुँदा लोकतान्त्रिक गठबन्धनलाई विजयी गराउनुपर्ने बताए ।

प्रकाशित मिति: २०७४,कार्तिक,१०,शुक्रवार १५:४६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

गत वर्ष मंसिर ४ मा सम्पन्न निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अप्रत्याशित मत परिणाम हासिल गर्दै संसद छिर्यो । संसदकै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसद डा. स्वर्णिम वाग्लेलाई उपसभापति बनाउने निर्णय गरेको छ । तीन दिनसम्म महोत्तरीको

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहालले बुधबार भेटवार्ता गरेका छन् । जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय सम्मेलन कोप–२८ मा सहभागी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदमा प्रतिनिधित्व गर्ने सबै सांसद र सात वटै प्रदेशका सभापतिहरुलाई केन्द्रीय सदस्यमा मनोनित

ताजा समाचार

ट्याक्टरबाट लडेर एक जनाको मृत्यु
 २०८०,मङ्सिर,१३,बुधबार १६:५८