सरकारी छाप दस्तखत किर्ते गर्ने पाँच जना पक्राउ

लोकपथ
63
Shares

काठमाडौं । मोरङमा सरकारी छाप दस्तखत किर्ते सम्बन्धी कसुरमा संलग्न पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा रतुवामाई नगरपालिका–४ बस्ने ६५ वर्षीय चेतनलाल राजवंशी, ६२ वर्षीया झरिया देवी राजवंशी, ६३ वर्षीय विष्णु राजवंशी, ६३ वर्षीय पैखन लाल राजवंशी र ६४ वर्षीय कन्हारु लाल केवरत रहेका छन् ।

सरकारी छाप दस्तखत किर्ते सम्बन्धी कसूर मुद्दाको अनुसन्धानको सिलसिलामा गत कात्तिक २ गतेदेखि फरार रहेका उनीहरूलाई आ–आफ्नै घर ठेगानाबाट प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूलाई मोरङ जिल्ला अदालतमा बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?