उदयपुरमा बनभोजको बस दुर्घटना, चालकसहित ३ जनाको मृत्यु

लोकपथ
924
Shares

काठमाडौं । उदयपुरमा बनभोज मनाएर फर्कँदै गरेको स्कुल बस दुर्घटना हुँदा चालकसहित ३ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा चालक ४० वर्षीय भिजन चौधरीसहित ७ वर्षीया सोनिया चौधरी र ११ वर्षीय विकास चौधरी रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

आज उदयपुुरको अन्नपूर्ण बोर्डिङ स्कुलका विद्यार्थीहरु बनभोजबाट फर्किँदै गरेको प्र नं १–०५–००१ ख ००४४ नम्बरको बस दुर्घटना भएको हो ।

बस दुर्घटनामा परि ३९ जना घाइते भएका छन् । घाइते हुनेमा बालबालिका र अभिभावक रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

घाइतेहरुको जिल्ला अस्पताल गाईघाटमा उपचार भइरहेको छ । भने घाइतेमध्ये ९ जनालाई उपचारका लागि विराटनगर रिफर गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?