सप्तरी । बलात्कारको आरोप सप्तरीका नेपाली कांग्रेसका नेता दीपेन्द्र चौधरी पक्राउ परेका छन् ।कांग्रेस नेता चौधरीलाई शुक्रवार सप्तरी प्रहरीले पक्राउ गरेको हो ।
३५ वर्षीया एक महिला बलात्कारको प्रयास सम्बन्धी जाहेरी दिएको आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
जिल्ला अदालतबाट ५ दिनको म्याद थप गराई चौधरीमाथि थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
स्थानीय तहको निर्वाचनमा चौधरी नेपाली काँग्रेसका तर्फबाट मेयरको उम्मेदवार बनेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया