काठमाडौं । उपराष्ट्रपति रासहाय यादवले पछिल्लो समय वनको अतिक्रमण तथा अनाधिकृत प्रयोगले संरक्षणमा ठूलो चुनौती देखिएको बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित नेपाल वन प्राविधिक संघको ४९औं स्थापना दिवस तथा २९औं साधारण सभालाई सम्बोधन गर्दै उनले वन क्षेत्रलाई दिगो व्यवस्थापन गर्न नसकिएको भन्दै पछिल्लो समय अतिक्रमण तथा अनाधिकृत प्रयोगले वन संरक्षणमा ठूलो चुनौती देखिएको बताएका हुन् ।
उपराष्ट्रपति यादवले भने, ‘वन क्षेत्रका प्रमुख चुनौती भनेको यसको दिगो व्यवस्थापन तथा उत्पादनमुखी बनाउनु हो । पछिल्लो समयमा बनको अतिक्रमण तथा अनाधिकृत प्रयोगले संरक्षणमा ठूलो चुनौती देखिएको छ ।’
गैँडा तथा बाघको तस्करीमा वृद्धि हुनु चिन्ताको विषय रहेको पनि उनले बताए । जैविक विविधता र बन्य जन्तुको चोरी तस्करी रोक्न सरकार र वन विधिकहरुले उचित कदम चाल्नु आवश्यक देखिएको उनको भनाई छ ।
उनले भने, ‘गैँडा र बाघको तस्करी वृद्धि हुनु चिन्ताको विषय हो । जैविक विविधता र बन्यजन्तुको चोरी तस्करी रोक्न तत्कालै नेपाल सरकार वन प्राविधिकहरुले उचित कदम चाल्नुपर्ने आवश्यकता छ ।’
उनले सरकार र समुदायको सहकार्यमा वनको संरक्षण गर्न सफल भएको दाबी गर्दै जसका कारण ४५ प्रतिशत वनको क्षेत्र पुगेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया